Lucky-Khabar_

राप्रपाभित्र चर्कियो विवाद, लिङ्देन नेतृत्वविरुद्ध असन्तुष्ट पक्ष आक्रामक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद खुला रूपमा सतहमा आएको छ। पार्टी महामन्त्री धवलशमशेर राणा निकट नेताहरूको आइतबार कान्तिपथमा बसेको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान कार्यसमिति भंग गर्न माग गर्दै नयाँ ध्रुवीकरणको संकेत दिएको हो।

content ad p2

असन्तुष्ट समूहले कार्यसमितिको चार वर्षे कार्यकाल सकिइसकेको दाबी गर्दै पार्टी ‘अतिरिक्त समय’ मा चलिरहेको आरोप लगाएको छ। उनीहरूले निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरी छिटो महाधिवेशनको मिति घोषणा गर्न नेतृत्वसँग माग गरेका छन्। एक हप्ताभित्र मिति सार्वजनिक नगरे पार्टी झन् गहिरो संकटमा फस्ने चेतावनी समेत दिइएको छ।

बैठकले पार्टी अहिले “सच्चिने कि सकिने” जस्तो संवेदनशील मोडमा पुगेको विश्लेषण गर्दै हालैको निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्नेमा जोड दिएको छ। अध्यक्ष लिङ्देनले चुनावअघि पार्टीलाई पहिलो शक्ति बनाउने दाबी गरे पनि नतिजा विपरीत आएको भन्दै नेतृत्वको कार्यक्षमतामाथि प्रश्न उठाइएको छ।समीक्षा नहुँदा कार्यकर्तामा निराशा बढ्दै गएको र पार्टी परित्याग गर्ने क्रमसमेत तीव्र भएको असन्तुष्ट पक्षको भनाइ छ। नेतृत्वले विधि र पद्धति मिचेर एकलौटी निर्णय गरेको उनीहरूको आरोप छ।

विशेषगरी उपसभामुख पदका लागि उम्मेदवारी दिने निर्णयप्रति असन्तुष्टि चर्किएको छ। केन्द्रीय कार्यसम्पादन समितिमा पर्याप्त छलफल नगरी निर्णय लिइएको भन्दै यसले पार्टीको सिद्धान्त र निष्ठामाथि प्रश्न उठाएको उनीहरूको निष्कर्ष छ।निर्वाचनपछि कार्यकर्ताको मनोबल उकास्नुपर्ने बेला उल्टै विवादास्पद निर्णयले असन्तोष बढाएको टिप्पणी गर्दै असन्तुष्ट पक्षले अब ताजा जनादेशका लागि महाधिवेशन अपरिहार्य रहेको स्पष्ट पारेको छ।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर