Lucky-Khabar_

उमेर ३९ वर्ष पक्राउ परेको ३८औँ पटक :३९ वर्षीय सन्तोष रानाभाट

काठमाडौं । राजधानीको अपराध जगतमा केही यस्ता पात्रहरू छन्, जसका लागि प्रहरी हिरासत मानौं सामान्य प्रक्रिया जस्तै बन्न पुगेको छ। तनहुँ ऋषिङ गाउँपालिकाका ३९ वर्षीय सन्तोष रानाभाट पनि त्यस्तै एक पात्रका रूपमा देखिएका छन्।

content ad p2

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई हालै ३८औँ पटक पक्राउ गरेपछि उनको आपराधिक गतिविधि फेरि चर्चामा आएको छ। करिब दुई दशक लामो आपराधिक यात्रामा उनी पटक–पटक समातिँदै आएका छन्, जसले प्रहरीसमेत चकित बनेको छ |रानाभाटको चोरी गर्ने तरिका फरक खालको छ। उनी कुनै समूहमा नभई एक्लै अपराध गर्ने ‘लोन उल्फ’ शैली अपनाउँछन्। टोल–टोल पैदल घुम्दै, दिउँसो घरमा कोही नभएको मौका छोपेर झ्याल वा ढोका फोडी घरभित्र पस्ने उनको शैली रहेको प्रहरीले जनाएको छ।

पछिल्लो पटक टोखा क्षेत्रको जागरण टोलमा भएको चोरी घटनाको अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन्। उनको साथबाट करिब १ केजी सुनका गहना, चाँदीका सामान, घडी, मोबाइल र चोरीमा प्रयोग हुने खुकुरी तथा फलामे रड बरामद गरिएको छ।
प्रहरी अभिलेखअनुसार रानाभाटको आपराधिक इतिहास २०६१ सालदेखि सुरु भएको देखिन्छ। यस अवधिमा उनीमाथि २२ पटक अभद्र व्यवहार, १३ पटक चोरी, साथै लागुऔषध र हातहतियारसम्बन्धी मुद्दा दर्ता भएका छन्।

उनीलाई हालसम्म १७ पटक काठमाडौं र ६ पटक ललितपुर प्रहरीले पक्राउ गरिसकेको छ। सजाय भुक्तान गरेर छुट्ने बित्तिकै पुनः अपराधमा फर्किने उनको प्रवृत्तिले सुरक्षा निकायलाई चुनौती दिँदै आएको छ।हाल उनी फेरि प्रहरी हिरासतमा छन्। बारम्बार पक्राउ पर्दै आएको उनको यो ३८औँ गिरफ्तारी पनि उनका लागि सामान्य प्रक्रिया जस्तै देखिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर