Lucky-Khabar_

पर्सा प्रहरीद्वारा हावाहुरी र चट्याङको जोखिम बढ्दै सचेतना अभियान सुरु

वीरगञ्ज । मौसममा आएको परिवर्तनसँगै हावाहुरी, चट्याङ र आगलागीका घटना बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय पर्साले सचेतनामूलक अभियान सुरु गरेको छ।

content ad p2

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेपछि प्रहरी सक्रिय बनेको हो। पर्सा प्रहरीले जिल्लाभर रहेका आफ्ना ६४ युनिट परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराउन थालेको जनाएको छ।

प्रहरी उपरीक्षक सुदीप राज पाठकको निर्देशनमा गाउँ–बस्तीमा पुगेर हावाहुरी र चट्याङबाट जोगिने उपायबारे जानकारी दिइँदै छ। नागरिकलाई सुरक्षित स्थानमा बस्न, खुला ठाउँबाट टाढा रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज अपराह्न ४ बजेदेखि देशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरी सुरु भई भोलि बिहान ६:४५ बजेसम्म कायम रहने अनुमान गरिएको छ।

यसको प्रभाव विशेषगरी मधेश प्रदेशका बारा, पर्सा र धनुषा तथा सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा र डोटी जिल्लामा बढी पर्ने सम्भावना रहेको जनाइएको छ।प्रहरीले आकस्मिक अवस्था आएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त सम्पर्क गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर