Lucky-Khabar_

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालको सुरुवात सुखद रहेन। ओपनर विनोद भण्डारी शून्य रनमै आउट भए पनि दोस्रो विकेटका लागि आसिफ शेखअर्जुन कुमालले १२३ रनको बलियो साझेदारी गरे।

content ad p2
  • आसिफ शेख: ९४ रन (९७ बलमा ७ चौका र ५ छक्का)। उनी मात्र ६ रनले शतक बनाउन चुके।

  • अर्जुन कुमाल: ४८ रन (८७ बलमा ४ चौका)।

  • आरिफ शेख: ४३ रन (२४ बलमा ४ छक्का र १ चौका) – अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै नेपाललाई सम्मानजनक योगफलमा पुर्‍याए।

  • दीपेन्द्र सिंह ऐरी: ३३ रन।

ओमानका लागि नदीम खानले सर्वाधिक ३ विकेट लिए।

ओमानको ब्याटिङ: गुल्सन झाको घातक बलिङ

२५७ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलरहरूको अगाडि निरीह देखियो। गुल्सन झाको धारिलो बलिङका कारण ओमानले नियमित अन्तरालमा विकेट गुमायो।

  • ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए भने हमाद मिर्जाले ३४ रन जोडे।

  • नेपालका लागि गुल्सन झाले उत्कृष्ट ५ विकेट लिए। उनले ९ ओभरमा मात्र ३८ रन खर्चेका थिए।

  • सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए।

लिग-२ को तालिकामा प्रभाव

यो जितसँगै नेपालले यो त्रिकोणात्मक सिरिजमा चार मध्ये तीन खेल जितेर ६ अंक बटुल्न सफल भएको छ। नेपालले यसअघि युएईलाई दुवै खेलमा पराजित गरेको थियो। नेपाल अब १८ अंकका साथ तालिकाको सातौँ स्थानमा छ। नेपालको आगामी खेल अब जेठको पहिलो सातादेखि अमेरिका र स्कटल्याण्डसँग घरेलु मैदानमै हुनेछ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर