Lucky-Khabar_

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालको सुरुवात सुखद रहेन। ओपनर विनोद भण्डारी शून्य रनमै आउट भए पनि दोस्रो विकेटका लागि आसिफ शेख र अर्जुन कुमालले १२३ रनको बलियो साझेदारी गरे।

content ad p2
  • आसिफ शेख: ९४ रन (९७ बलमा ७ चौका र ५ छक्का)। उनी मात्र ६ रनले शतक बनाउन चुके।

  • अर्जुन कुमाल: ४८ रन (८७ बलमा ४ चौका)।

  • आरिफ शेख: ४३ रन (२४ बलमा ४ छक्का र १ चौका) – अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै नेपाललाई सम्मानजनक योगफलमा पुर्‍याए।

  • दीपेन्द्र सिंह ऐरी: ३३ रन।

ओमानका लागि नदीम खानले सर्वाधिक ३ विकेट लिए।

ओमानको ब्याटिङ: गुल्सन झाको घातक बलिङ

२५७ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलरहरूको अगाडि निरीह देखियो। गुल्सन झाको धारिलो बलिङका कारण ओमानले नियमित अन्तरालमा विकेट गुमायो।

  • ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए भने हमाद मिर्जाले ३४ रन जोडे।

  • नेपालका लागि गुल्सन झाले उत्कृष्ट ५ विकेट लिए। उनले ९ ओभरमा मात्र ३८ रन खर्चेका थिए।

  • सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए।

लिग-२ को तालिकामा प्रभाव

यो जितसँगै नेपालले यो त्रिकोणात्मक सिरिजमा चार मध्ये तीन खेल जितेर ६ अंक बटुल्न सफल भएको छ। नेपालले यसअघि युएईलाई दुवै खेलमा पराजित गरेको थियो। नेपाल अब १८ अंकका साथ तालिकाको सातौँ स्थानमा छ। नेपालको आगामी खेल अब जेठको पहिलो सातादेखि अमेरिका र स्कटल्याण्डसँग घरेलु मैदानमै हुनेछ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर