Lucky-Khabar_

२१ वर्षीय राजाबाबु दुबईको सडकमा अलपत्र उद्धारको पर्खाइ

घरको आर्थिक अवस्था सुधार्ने सपना बोकेर ८ महिना अघि यूएई पुगेका रौतहट देवाही गोनाही नगरपालिका-५, टिकुलियाका २१ वर्षीय राजाबाबु साह अहिले दुबईको सडकमा अलपत्र परेका छन्। कम्पनीले सम्झौता अनुसार काम र तलब नदिएपछि उनी बिचल्लीमा परेका हुन्।

content ad p2

राजाबाबु घरको जेठो छोरा हुन्। १० कक्षा पास गरेपछि परिवारको ऋण तिर्न र बहिनीहरूको पढाइ खर्च जुटाउन उनी गत मंसिरमा काठमाडौंको एक म्यानपावर कम्पनीमार्फत दुबई गएका थिए।

परिवारको भनाइ एजेन्टले महिनाको १,२०० दिराम तलब, खाने-बस्ने फ्री भनेको थियो। १ लाख ८० हजार ऋण काढेर पठायौं राजाबाबुका बुवा मोतिलाल साहले भने। दुबई पुगेपछि उनलाई सरसफाइको काममा लगाइयो। तर ३ महिनादेखि तलब आएको छैन।

गत साता राजाबाबुले भाइबरमा परिवारलाई सम्पर्क गरेर रुँदै भनेका थिए बुबा कम्पनीले पासपोर्ट राखिदियो। कामबाट निकाल्यो। कोठाबाट पनि निकाल्यो। ३ दिन भयो, पानी मात्र खाएर बसेको छु। दुबईको अल बराहा पार्कतिर सडकमै सुत्छु।

अहिले उनीसँग नेपाल फर्किने हवाई टिकट किन्ने पैसा छैन। न त अवैध रूपमा बस्दा लाग्ने जरिवाना तिर्ने क्षमता छ। पासपोर्ट रोजगारदातासँग भएकाले उनी दूतावास पनि जान सकेका छैनन्।

राजाबाबुकी आमा रुद्रकुमारी देवी दिनभर रोइरहन्छिन्। मेरो बाबुले ‘आमा, मलाई बचाउ’ भन्छ। सरकारले मेरो छोरा झिकाइदेओस्। हामी ऋण गरेर भए पनि टिकटको पैसा तिर्छौं उनले अपिल गरिन्।

सम्बन्धित खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर

बाराको पचरौता(इनरवा)मा खानेपानीको पाइप काटिएको आरोप, नगरप्रमुखमले प्रतिशोधपूर्ण राजनीति गरेको स्थानीयको दाबी

लक्की खबर