भक्तपुर, २७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार सम्भावित सबै प्राविधिक पक्षहरूको परीक्षण भइरहेको र कुनै बाधा नआएमा आगामी दुई दिनभित्र (बैशाख २९ सम्म) नतिजा सार्वजनिक गरिनेछ।

परीक्षा नियन्त्रक टुगराज अधिकारीले यसबारे जानकारी दिँदै भन्नुभयो, “हामीले उत्तरपुस्तिका परीक्षण र डेटा इन्ट्रीको काम सकेर अहिले ‘भेरिफिकेसन’ गरिरहेका छौं। विद्यार्थीको मार्कसिटमा कुनै त्रुटि नहोस् भन्नका लागि विशेष सावधानी अपनाइएको छ। सम्भवतः आगामी मंगलबारसम्म नतिजा सबैको हातमा हुनेछ।”
यसपटक परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गरेर बोर्डले नयाँ इतिहास रच्ने तयारी गरेको छ।
नतिजा हेर्ने तरिका र तयारी: बोर्डले नतिजा सार्वजनिक भएपछि सजिलै हेर्नका लागि विभिन्न माध्यमहरूको व्यवस्था गरेको छ। विगतमा जस्तै यसपटक पनि वेबसाइट, एसएमएस (SMS) र आईभीआर (IVR) बाट नतिजा हेर्न सकिनेछ।
-
वेबसाइटबाट:
see.ntc.net.np,see.gov.np, वाneb.gov.npमा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर ‘ग्रेडसिट’ सहितको नतिजा हेर्न सकिन्छ। -
एसएमएस (SMS): मोबाइलको म्यासेज बक्समा गएर
SEE <space> Symbol Numberटाइप गरी १६०० मा पठाएर नतिजा प्राप्त गर्न सकिनेछ।
यस वर्षको एसईईका केही रोचक तथ्यहरू:
यस वर्ष देशभरबाट करिब ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा फारम भरेका थिए।
नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी थिए।
छात्राको संख्या २५७,६१३ र छात्रको संख्या २५४,८०१ रहेको छ।
राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेलगत्तै औपचारिक रूपमा नतिजा सार्वजनिक गरिनेछ। परीक्षा नियन्त्रण कार्यालयले नतिजा आउनुपूर्व नै आफ्ना सिम्बोल नम्बरहरू दुरुस्त राख्न र अनावश्यक हल्लाको पछि नलाग्न विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ।


