Lucky-Khabar_

गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा चेतना पौडेल पक्राउ

काठमाडौं|आफूलाई चिकित्सकको रूपमा प्रस्तुत गर्दै बिरामीको उपचार गरेको आरोपमा ४७ वर्षीया चेतना पौडेल पक्राउ परेकी छन्।

content ad p2

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार काठमाडौंको चन्द्रागिरी–८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत पौडेललाई पक्राउ गरेको हो।

सिआइबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार नेपाल मेडिकल काउन्सिलको अनुसन्धान प्रतिवेदनका आधारमा उनलाई पक्राउ गरिएको हो।काउन्सिलको छानबिनबाट पौडेलले आफूलाई न्याचुरोप्याथी चिकित्सक भन्दै नपाएको चिकित्सकीय उपाधि प्रयोग गरेको, आधुनिक चिकित्सा पद्धतिअनुसार बिरामीको परीक्षण तथा निदान गरेको र औषधिसमेत प्रेस्क्रिप्सन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

उक्त प्रतिवेदनका आधारमा काउन्सिलले कानुनी कारबाहीका लागि प्रहरीसमक्ष सिफारिस गरेको थियो। त्यसपछि पक्राउ परेकी पौडेलमाथि इलाजसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।प्रहरीले अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर