Lucky-Khabar_

भारतबाट भन्सार छली ल्याइँदै गरेका २४ लाख बराबरका ३८ आईफोन बरामद, तस्कर फरार

रुपन्देही |जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएका करिब रु. २३ लाख ९० हजार बराबरका ३८ थान आईफोन र एउटा स्कुटर बरामद गरेको छ।

content ad p2

प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा नियमित चेकजाँचका क्रममा स्कुटरमार्फत ल्याइँदै गरेका विभिन्न मोडलका आईफोनहरू फेला परेका हुन्। प्रहरी टोलीलाई देख्नेबित्तिकै सामान ल्याइरहेका व्यक्ति स्कुटर र आईफोन बेवारिसे अवस्थामा छाडेर फरार भएका थिए।बरामद गरिएका ३८ थान आईफोन तथा स्कुटरको अनुमानित मूल्य करिब रु. २३ लाख ९० हजाररहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएका मोबाइल र स्कुटर आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइने तयारी गरिएको छ।प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध सामान ओसारपसार नियन्त्रणका लागि चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर