Lucky-Khabar_

रास्वपाको कटहरियामा टिकट विवाद, अर्को दललाई जिताउने चेतावनी

रौतहट |राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटको कटहरिया नगरपालिकामा उम्मेदवार छनोटलाई लिएर आन्तरिक विवाद चर्किएको छ। नगर सभापति भिखारी पण्डितले आफू र राकेश दासलाई टिकट नदिए अर्को दललाई जिताउने चेतावनीसहितको पत्र सार्वजनिक भएपछि विवाद बाहिरिएको हो।

content ad p2

आउदो स्थानीय चुनाव २०८४ को वैशाख, जेठमा पालिका र प्रदेश सभाको निर्वाचन गर्ने तयारी प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारले गरेको छ । तर निर्वाचनको मिति घोषणाा नहुँदै रास्वपाका नगर सभापतिले नै पार्टी नेतृत्वलाई यसरी दबाब दिँदै अन्तर्घात गर्ने धम्कीपूर्ण पत्र लेखेपछि रौतहट रास्वपामा तरंग पैदा भएको छ ।

पत्रमा मेयरका लागि पण्डित र प्रदेश सभा उम्मेदवारका रूपमा राकेश दासको नाम सिफारिस गरिएको छ। केन्द्रले उम्मेदवार सिफारिस नगर्न निर्देशन दिइसकेको अवस्थामा यस्तो कदम उठाइएकाले पार्टीभित्र असन्तुष्टि बढेको छ।

रौतहटमा रास्वपा सांसद रविन्द्र पटेलकै निर्देशनमा विभिन्न पालिकामा अहिले उम्मेदवार छनोट गर्दै टुंगो लगाउँने काम भइरहेको छ भनि हल्ला छ । तर पार्टीको केन्द्रले तल्लो तहका कमिटीहरूलाई उम्मेदवार सिफारिस वा छनोटको कार्यमा कसैले पनि आफूखुशी उम्मेदवार घोषणाबारे कुनै किसिमको कार्य नगर्न स्पष्ट निर्देशन अनुसार नै कार्य गर्न गराउन सासद पटेलको भनाई रहेको छ |

यस घटनापछि रास्वपाको केन्द्रीय अनुशासन आयोगले के कदम चाल्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर