Lucky-Khabar_

होटलमा कार्यरत १७ वर्षीया बालिकामाथि दुर्व्यवहारको आरोपमा सञ्चालक पक्राउ

चितवन| चितवन प्रहरीले बालबालिकाविरुद्धको कसुर आरोपमा खैरहनी नगरपालिका–१० का ३५ वर्षीय होटल सञ्चालक विकासकुमार श्रेष्ठलाई पक्राउ गरेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनीस्थित ‘होटल नमस्ते मिलिजुली खाजा घर’ मा कार्यरत १७ वर्षीया बालिकामाथि श्रेष्ठले दुर्व्यवहार गरेको आरोप लागेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार असार ११ गते श्रेष्ठले बालिकालाई होटलको कोठामा बोलाएर आर्थिक प्रलोभन देखाउँदै शारीरिक सम्बन्धको प्रस्ताव गरेका थिए। उनले ५० हजार रुपैयाँ दिने लोभ देखाउँदै प्रस्ताव राखेको र बालिकाले अस्वीकार गरेपछि पनि जबर्जस्ती उनको संवेदनशील अङ्गमा समातेर दुर्व्यवहार गरेको आरोप छ।

अनुसन्धानका क्रममा श्रेष्ठले पीडितको ह्वाट्सएप र इन्स्टाग्राममा अश्लील शब्द प्रयोग गर्दै सन्देश तथा अश्लील भिडियोहरू पठाएर मानसिक तनावसमेत दिएको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे असार २७ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी परेपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो।हाल उनीविरुद्ध बालबालिकाविरुद्धको कसुर सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

बाराको फेटामा अस्पताल उद्घाटनमा विवाद , प्रहरीको गोली लाग्दा १८ वर्षीय युवक घाइते

लक्की खबर