Lucky-Khabar_

होटलमा कार्यरत १७ वर्षीया बालिकामाथि दुर्व्यवहारको आरोपमा सञ्चालक पक्राउ

चितवन| चितवन प्रहरीले बालबालिकाविरुद्धको कसुर आरोपमा खैरहनी नगरपालिका–१० का ३५ वर्षीय होटल सञ्चालक विकासकुमार श्रेष्ठलाई पक्राउ गरेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनीस्थित ‘होटल नमस्ते मिलिजुली खाजा घर’ मा कार्यरत १७ वर्षीया बालिकामाथि श्रेष्ठले दुर्व्यवहार गरेको आरोप लागेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार असार ११ गते श्रेष्ठले बालिकालाई होटलको कोठामा बोलाएर आर्थिक प्रलोभन देखाउँदै शारीरिक सम्बन्धको प्रस्ताव गरेका थिए। उनले ५० हजार रुपैयाँ दिने लोभ देखाउँदै प्रस्ताव राखेको र बालिकाले अस्वीकार गरेपछि पनि जबर्जस्ती उनको संवेदनशील अङ्गमा समातेर दुर्व्यवहार गरेको आरोप छ।

अनुसन्धानका क्रममा श्रेष्ठले पीडितको ह्वाट्सएप र इन्स्टाग्राममा अश्लील शब्द प्रयोग गर्दै सन्देश तथा अश्लील भिडियोहरू पठाएर मानसिक तनावसमेत दिएको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे असार २७ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी परेपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो।हाल उनीविरुद्ध बालबालिकाविरुद्धको कसुर सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर