Lucky-Khabar_

बारा–पर्सा औद्योगिक करिडोरका उद्योगको गृहमन्त्रीद्वारा अनुगमन, वातावरणीय मापदण्ड उल्लंघनबारे छानबिन हुने

वीरगञ्ज । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको गुनासो बढेपछि गृहमन्त्री सुधन गुरुङले बुधबार स्थलगत अनुगमन गरेका छन्।

content ad p2

गृहमन्त्री गुरुङले जगदम्बा स्टिल, हुलास स्टिल लगायत करिडोरका विभिन्न उद्योगहरूको निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र स्थानीय बासिन्दासँग छलफल गरेका थिए। सो क्रममा स्थानीयले उद्योग सञ्चालनका कारण उत्पन्न वातावरणीय तथा सार्वजनिक सम्पत्ति अतिक्रमणसम्बन्धी विभिन्न गुनासा राखेका थिए।

स्थानीयका अनुसार उद्योगहरूले न्यूनतम वातावरणीय मापदण्डसमेत पालना नगर्दा धुलो, धुवाँ र औद्योगिक फोहोर बस्तीमा फैलिएको छ। त्यसका कारण आसपासका क्षेत्रमा श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने लगायतका स्वास्थ्य समस्या बढ्दै गएको उनीहरूको भनाइ छ।

स्थानीयले केही उद्योगले राष्ट्रिय वन क्षेत्र, ऐलानी जग्गा, सार्वजनिक पुल–पुलेसा आसपासका क्षेत्र तथा नेपाल रेल्वेको पुरानो मार्गसमेत अतिक्रमण गरेको आरोप लगाउँदै त्यसबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

गुनासा सुनेपछि गृहमन्त्री गुरुङले सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय मापदण्डको पालना गराउने विषयमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने बताए। उनले प्राप्त गुनासाका आधारमा सम्बन्धित निकायमार्फत विस्तृत अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए।

अनुगमनमा सहभागी स्थानीयले उद्योग सञ्चालनका नाममा भइरहेको प्राकृतिक स्रोत तथा सार्वजनिक सम्पत्तिको दोहनमाथि निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

छोराको न्यायका लागि संघर्षरत रवि पराजुलीको निधन, घाइते रिदमले दिए बुवालाई अन्तिम दागबत्ती

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर