Lucky-Khabar_

वैदेशिक रोजगारीमा धनुषाबाट सबैभन्दा बढी, मनाङबाट सबैभन्दा कम

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीमध्ये सबैभन्दा धेरै धनुषा जिल्लाका रहेका छन् भने सबैभन्दा कम मनाङ जिल्लाका रहेको तथ्यांक सार्वजनिक भएको छ।

content ad p2

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष धनुषाबाट ३८ हजार ५५३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। दोस्रो स्थानमा रहेको झापाबाट ३५ हजार १२४ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै मोरङबाट ३१ हजार १२४, सिरहाबाट ३० हजार २११, महोत्तरीबाट २८ हजार २२९, रुपन्देहीबाट २५ हजार ३९१, सुनसरीबाट २४ हजार ३६५, सर्लाहीबाट २३ हजार २००, सप्तरीबाट २० हजार ५५९ तथा चितवनबाट १९ हजार ८०३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।

विभागका अनुसार सबैभन्दा कम श्रम स्वीकृति मनाङबाट भएको छ। गत आर्थिक वर्ष मनाङबाट जम्मा २१७ जनाले मात्रै श्रम स्वीकृति लिएका छन्। त्यसपछि मुस्ताङबाट २४४, डोल्पाबाट ६१४, हुम्लाबाट ६४३, डोटीबाट १ हजार १६५, कालीकोटबाट १ हजार २४, जुम्लाबाट १ हजार ३९४, रसुवाबाट १ हजार ७७१, रुकुम पश्चिमबाट २ हजार १६६, डडेल्धुराबाट २ हजार ३१९ तथा दार्चुलाबाट २ हजार ३५३ जनाले श्रम स्वीकृति लिएका छन्।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षभर वैदेशिक रोजगारीका लागि कुल ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्। पुनः श्रम स्वीकृति लिने संख्या हटाउँदा नयाँ श्रम स्वीकृति प्राप्त गर्नेको संख्या ४ लाख ६ हजार ४०४ रहेको विभागले जनाएको छ।

तथ्यांकले तराईका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रूपमा उच्च रहेको देखाएको छ। विपरीत रूपमा हिमाली तथा कम जनसंख्या भएका जिल्लाहरूबाट श्रम स्वीकृति लिनेको संख्या तुलनात्मक रूपमा न्यून रहेको विभागको विश्लेषण छ।

सम्बन्धित खबर

विश्व तेली दिवसमा रसुवा बाढीपीडितका लागि १ लाख ५१ हजार सहयोग

लक्की खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर