Lucky-Khabar_

बिरगंजमा गरे पूर्वराजाले नागरिक अभिनन्दनको नाममा शक्ति प्रदर्शन

१३ माघ,वीरगञ्ज । पूर्व राजा ज्ञानेन्द्र शाहले बिरगंजमा नागरिक अभिनन्दनको नाममा आज  शक्ति प्रदर्शन गरेका छ।

content ad p2
No description available.

दिउँसो एक बजेदेखि नागरिक अभिनन्दनको कार्यक्रम राखिएको थियो ।

मधेश प्रदेशका सर्लाही,रौतहट,बारा र पर्सासहितका जिल्लाहरुबाट कार्यकर्ता आएको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका उपाध्यक्ष पशुपति शाहले बताएकाछन् ।

उनका अनुसार नागरिक अभिनन्दन कार्यक्रममा करिब ५० हजारको संख्यामा समर्थकहरुको उपस्थिति छ।नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजाले देशमा विभेद र विखण्डनको राजनीतिको थालनी भएको जानकारी गराए।

No description available.

नागरिक अभिनन्दनको कार्यक्रममा पूर्वराजालाई दर्जन भन्दा बढी संस्थाहरुबाट अभिनन्दन गरिएको थियो ।
कदरपत्रसहित तेली समाज, नेपाल दशनामी समाज, नेपाल क्षेत्री समाज,विश्व हिन्दू महासंघ,नेपाल–भारत मैत्री समाज जनकपुर, शिवसेना नेपाल लगायतका संस्थाहरुले कदरपत्रसहित अभिनन्दन गरेका थिए ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर