Lucky-Khabar_

जिल्ला प्रशासनले गर्‍यो पर्सा प्रहरीलाई मिटरब्याजीका १३ सय ६८ वटा फाइल हस्तान्तरण

१७ माघ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) विरुद्धको फाइल  पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले १३ सय ६८ उजुरीको फाइल जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन् ।

content ad p2

गृह मन्त्रालयले मिटरब्याजविरुद्ध छानविन तथा कारवाही गर्ने अधिकार प्रहरीलाई दिए निर्णय बमोजिम फाइल पर्सा प्रहरीलाई हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

मिटरब्याजको मुद्दा अनुसन्धान गर्न मन्त्रिपरिषद्ले कार्यविधि स्वीकृत गरेसँगै गृह मन्त्रालयले देशभर सर्कुलर गरिसकेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भुषालका अनुसार अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध जिल्लामा १३ सय ६८ उजुरी विचाराधिन छन् ।अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन भएपछि जिल्लाबाट हालसम्म १८ सय ७५ उजुरी परेका थिए । जसमध्ये पाँचसय ७ उजुरी छलफलबाट फच्र्छौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जनाए ।२ उजुरीहरुमाथि छलफलमा सहमति नजुटेपछि मुद्दा दर्ता गरेको उनले बताए ।यसैबिच जिल्ला प्रहरी कार्यालय पर्साले मिटरब्याजविरुद्ध उजुरी दर्ता गर्न पाउने भएको छ ।गृह मन्त्रालयको निर्णय अनुसार जिल्ला प्रहरी कार्यालयले अनुचित लेनदेन सम्बन्धि सम्पूर्ण उजुरी दर्ता गर्न पाउने भएको हो ।

सहायक प्रजिअ लम्सालका अनुसार जिल्ला प्रहरीले मिटरब्याजको उजरीविरुद्ध नोटिस जारी गर्नेछ, उनीहरुलाई एकपटक छलफलका लागि बोलाइने र छलफलमा सहमति नभए जिल्ला प्रहरी कार्यालयलाई नै मुद्दा दर्ता गर्ने अधिकार हुनेछ ।


सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर