Lucky-Khabar_

निजगढ –हेटौँडा– भरतपुर खण्डको रेलमार्ग सम्बन्धी राप्रपा चितवनको ध्यानाकर्षण

१९ माघ,चितवन । निजगढ –हेटौँडा– भरतपुर खण्डको रेलमार्ग सम्बन्धी राप्रपा चितवनले आज एक विज्ञप्ति जारी गर्दै राप्रपा चितवनले भरतपुरको विभिन्न ठाउँलाई रेलमार्ग बनाउन गरिएको रेखांकनप्रति ध्यानाकर्षण भएको जनाएको हो।                                             भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रेल विभागबाट नेपालको पूर्व पश्चिम विद्युतीय रेल सञ्चालन गर्ने प्रस्तावित रेल मार्ग भरतपुरको वडा नं ८,९,७,५,४ र १६ को घना बस्ती, र विकासलाई असर गर्ने गरी गरिएको रेखांकप्रति सहमत नभएको राप्रपा चितवनका कार्यवाहक अध्यक्ष चेतनाथ वाग्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

content ad p2

जनताको भावना र धनजनको क्षति कम हुने गरी वैकल्पिक रेल मार्गको खोजी तथा नाप नक्साको लागि नेपाल सरकारसँग माग गरेको छ। उक्त रेल मार्ग पिडित संघर्ष समिति प्रति राप्रपा चितवनको सहयोग र समर्थन गर्ने विज्ञप्ति मार्फत जनाएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर