Lucky-Khabar_

मनि ट्रान्सफरबाट सिरहामा हतियार देखाएर लुटियो साढे १५ लाख रुपैयाँ

२५चैत,वीरगञ्ज ।  सिरहामा  दिउँसै हतियार देखाएर एक मनि ट्रान्सफरको रकम लुटपाट गरिएको छ ।  सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम लागिरहेको  अवस्थामा लुटेराले  लुटिएको सिरहा प्रहरी प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिनु भएका छन् ।

जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको सिरहा प्रहरीले जनाएका  छ । भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकम बोकेर  आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर रकम लुटेर लगेको प्रहरी बताउँछ । साथै उनीहरुले २ थान ग्लोबल आईएमईबैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खालि चेक र मोबाइल समेत लुटेराले  लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको प्रहरीले बताएको छ ।

लुटपाटको घटनाबारे थप अनुसन्धान भइरहेको भनि  प्रहरीको भनाई रहेको  छ ।

content ad p2

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर