वीरगन्ज, स्वास्थ्य मन्त्रालयले बीरगंजको नारायणी अस्पतालको मेडिकल सुपरीडेन्टेण्ट परिवर्तन गरि डा. एनामुल हकलाई नियुक्त गरेको हो ।मन्त्रालयले दशौं तहका डाक्टर हकलाई यसअघि काार्यरत निमित्त मेसु डा. चित्तरन्जन साहलाई हटाएर हकलाई मे.सु.मा नियुक्त गरेको हो ।

आइतबार मन्त्रालयमा शााखा अधिकृत रामप्रसाद ओलीबाट मेसुको नियुक्ती पत्र बुझेको डाक्टर हकले जानकारी दिए । काठमाडौंबाट हिजो आइतबार साँझ सम्म वीरगन्ज पुगी र आज सोमबारदेखि अस्पतालमा पुगेर पदभार ग्रहण गर्ने डा. हकले बताए । डाक्टर हक यसअघि २०७५ सालमा पनि बीरगंजको नारायणी अस्पतालको निमित्त मेसुको जिम्मेवारी पाई करिब ११ महिना कार्य सम्हालेका थिए ।
नारायणी अस्पतालको मेसुको जिम्मेवारीबाट हटाइएका डाक्टर साहले भने २०७९ माघदेखि निमित्त मेसुको जिम्मेवारी पाएर जिम्मेवारी सम्हालेका थिए ।करिब १५ महिना निमित्त मेसुको जिम्मेवारी सम्हालेका साहलाई पुन वीर अस्पतालमा काज फिर्ता गराएर मन्त्रालयले डाक्टर हकलाई नै मेसुको जिम्मेवारी दिएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ईच्छा र चाहनामा मन्त्रालयले डाक्टर हकलाई अहिले नारायणी अस्पतालको मेसुको जिम्मेवारी दिएको हो भनि जानकारी प्राप्त भएको हो ।


