Lucky-Khabar_

पर्सा प्रहरीले हात्तीको दुई दारा सहित तीनजना पक्राउ

बिरगंज ,जिल्ला प्रहरी कार्यालय पर्साले  हातिको दुई  दारा सहित तीन जनालाइ पक्राउ गरेको  छ ।

content ad p2

पक्राउ पर्नेमा विजयबस्ती गुम्बालाइन, ठोरी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ४१ को कुइस लामा, वीरगञ्ज महानगरपालिका वडा नं. १४, पिप्रा बस्ने बर्ष ४० को प्रेम शर्मा, र वीरगञ्ज महानगरपालिका वडा नं. ३१ बस्ने बर्ष ३१ को अमिरीलाल महतो रहेको प्रहरीले बताए  ।

प्रहरीले जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं. ४ गोरखपुर टोलमा विगत केही महिना अगाडि देखि अपरिचित व्यक्तिहरूले हात्तीको दारा विक्री गर्न ग्राहक खोजिरहेको सूचना प्राप्त भएको थियो। थप जानकारीका लागि प्रहरी परिचालन गरी गोप्य रूपमा अनुसन्धान गरिएको थियो।
प्रहरीले ठोरी गाउँपालिका वडा नं. ४ स्थित चन्द्र परियारको खेतमा खाल्डो खनी राखिएका दुईवटा हात्तीको दारा जस्तो देखिने वस्तुहरू फेला परे। यी वस्तुहरूको तौल करिब २१/२१ केजी थियो।

घटनास्थलमा नेपाली रुपैयाँ ५० दरको नोटमा मिति सहितको फोटो तथा भिडियो, दुईवटा हात्तीको दारा जस्तो देखिने वस्तुहरू (२१/२१ केजी) र एकथान मोबाइल समेत बरामद गरिएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूलाई जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारवाही भइरहेको प्रवक्ता तथा सूचना अधिकारी  प्रहरी  नायब निरीक्षक  दिपक भारतीले जानकारी दिनु  भएका  छन्।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

सीमा क्षेत्रमा तस्करी संरक्षण गरेको आरोपमा प्रहरी जवानमाथि छानबिनको माग

लक्की खबर