१२ असार, काठमाडौं । दरबारमार्ग प्रहरी वृत्तमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको पक्राउ परेकामध्ये ६ जना थुनामा परेका छन् ।

ट्राफिक हत्या आरोपमा कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाइएका ७ जना मध्ये ६ जना थुनामा गएका छन् । १ जना भने १६ वर्षभन्दा कम उमेरको रहेकाले परिवारको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश गरेको छ ।


