Lucky-Khabar_

फरार प्रतिवादी यादव थमन विक हत्या प्रकरण पक्राउ

१६असार, काठमाडौं |सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) थमनकुमार विक हत्या आरोपमा फरार रहेका कौसलकुमार यादव पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले नियन्त्रणमा लिएको हो भने प्रहरीले जनाए ।

content ad p2

महोत्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलालप्रसाद जैसवालका अनुसार यादवविरुद्ध २०७५ साउन २८ गते अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो  भने जानकारी गराएको छ ।​

त्यहि  समयदेखि  नै यादव  फरार थिए । विक हत्या प्रकरणमा एमालेका सांसद लक्ष्मीप्रसाद कोइरीलगायत २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । तर कोइरीले भने सफाइ पाइसकेका प्रहरीले जनाए ।

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकलाई  हत्या गरेको  थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो  ।

 

 

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर