Lucky-Khabar_

युरोकप सेमिफाइनल : आज राति स्पेन र फ्रान्स भिड्दै

काठमाडौँ– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल २०२४ मा आज राति सेमिफाइनलको पहिलो खेल हुँदैछ ।

content ad p2

नेपाली समयअनुसार राति पौने १ बजे म्युनिखस्थित म्युनिख फुटबल एरिनामा सुरु हुने पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।

स्पेन आयोजक जर्मनी र फ्रान्स पोर्चुगललाई क्वार्टरफाइनलमा हराउँदै सेमिफाइनलमा पुगेका हुन् ।

स्पेन र फ्रान्स छैटौँ पटक मुख्य प्रतियोगितामा एकआपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघिका पाँचमध्ये तीन खेल फ्रान्सले तथा एक खेल स्पेनले जितेको छ । यस्तै एक खेल भने बराबरीमा सकिएको थियो ।

फ्रान्सले सन् १९८४ को युरोकप फाइनल, २००० को युरोकप क्वाटरफाइनल र २००६ को विश्वकप प्रिक्वार्टरफाइनलमा स्पेनलाई हराएको थियो । स्पेनले भने सन् २०१२ को युरोकप क्वार्टरफाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । सन् १९९६ को युरोकपमा बराबरी भएको थियो ।

समग्रमा भने यी दुई टोलीबीच अहिलेसम्म ३६ खेल भएका छन् । जसमा स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् भने ७ खेल बराबरी भएको छ ।एजेन्सि

सम्बन्धित खबर

अस्ट्रेलियामा रहेका इन्जिनियर आर्यन सुरज राउतलाई KICCI international द्वारा सम्मानित

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

क्यानेडियन वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाएको भन्दै ट्रम्पविरुद्ध मुद्दा दायर

लक्की खबर