Lucky-Khabar_

अम्बानीको विवाहमा प्रबल गुरुङदेखि किम कार्दसियनसम्म सहभागी हुँदै

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त र प्रेमिका राधिका मर्चेन्ट शुक्रबार विवाह बन्धनमा बाँधिंदैछन् । एक महिनादेखि चलेको वैवाहिक समारोहको सिलसिला आगामी सप्ताहन्तसम्म चल्नेछ ।
रिहाना, जस्टिन बिबर लगायतका अन्तर्राष्ट्रिय सेलिब्रेटीको उपस्थितिले अम्बानीको विवाह समारोहलाई चर्चामा ल्याएको छ । शुक्रबार मुम्बईमा हुने वैवाहिक समारोहमा ए–लिस्टर कलाकारलाई समेत निम्तो गरिएको छ ।
फेसन डिजाइनर प्रबल गुरुङ अम्बानीको विवाह समारोहमा सहभागी हुन बुधबार बेलुका काठमाडौं हुँदै मुम्बई उडेका छन् । गत साता नेपाल आइपुगेका प्रबल काठमाडौंस्थित घरमा केही दिन बसेर मुम्बई उडेका हुन् ।
प्रबलले सामाजिक सञ्जालबाटै यसबारे जानकारी दिइसकेका छन् । इकोनोमिक टाइम्सले अनन्त अम्बानीको विवाहमा सहभागी हुने गेस्टको सूची सार्वजनिक गरेको छ । जसमा अर्बपति हलिउड सेलिब्रेटी किम कार्दसियन, उनकी बहिनी खोले कार्दसियन, फ्युचरिस्ट पिटर डायमान्डिस, कलाकार जेफ कुन्स र सेल्फ हेल्प प्रशिक्षक जे शेट्टी पनि विवाहमा सहभागी हुनेछन् ।
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र टोनी ब्लेयर, पूर्वअमेरिकी विदेशमन्त्री जोन केरी, पूर्वस्वीडेनी प्रधानमन्त्री कार्ल बिल्ड, क्यानडाका पूर्व प्रधानमन्त्री स्टीफन हार्पर र फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि सामेल छन् ।
विवाह समारोह परम्परागत हिन्दू वैदिक अनुष्ठान अनुसार हुनेछ । १२ जुलाईमा विवाह, १३ जुलाईमा शुभ आशीर्वाद र १४ जुलाईमा रिसेप्सन तय छ ।एजेन्सी

content ad p2

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

सिनेमा हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न चलचित्र विकास बोर्डको चेतावनी

लक्की खबर