Lucky-Khabar_

सिमलतालस्थित त्रिशुलीमा बेपत्ता भएका सखुवा प्रसौनीका ५ परिवारलाई राहतस्वरूप १/१ लाख रुपैयाँ दिने:अध्यक्ष यादव

३ साउन,वीरगञ्ज । सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका र मृत्यु भएका पर्साको सखुवा प्रसौनी गाउँपालिकाका ५ जनाका परिवारलाई गाउँपालिका कार्यालयले राहत स्वरूप जनही १/१ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

content ad p2


गाउँपालिका अध्यक्ष यशवन्त यादवले गत शुक्रबार बिहान सिमलतालमा झरेको पहिरोले बगाएर त्रिशुली नदीमा खसेको बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाका ४ र महुवन स्वास्थ्य चौकीमा कार्यरत १ सहित ५ जना परेको जानकारी दिँदै, उनीहरूका परिवारलाई जनही १/१ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल बसमा सवारमध्ये सखुवा प्रसौनी-२ जमुनियाकी २४ वर्षीय प्रभा चौधरीको शव दुर्घटनास्थलबाट १०३ किलोमिटरको दुरीमा बुधबार भेटिएको थियो। उनको बिहीबार देवघाटमा दाहसंस्कार पनि गरिसकिएको छ।

बसमा सवार उनका बुबा हृदय नारायण चौधरी र आमा भगवती देवीको अवस्था अझै अज्ञात नै छ। उनीहरू तीनै जना आमा भगवती देवीको उपचार गराउन वीरगन्जबाट काठमाडौं जाँदै गरेका थिए।
त्यस्तै एन्जल बसमै सवार सखुवा प्रसौनी गाउँपालिकाकै वडा नम्बर ३ का २२ वर्षीय रैफुल आलम र सखुवा प्रसौनी-५ महुवनको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सृष्टि यादवको पनि अहिलेसम्म शव फेला पर्न सकेको छैन। आलम र यादव एउटै स्वास्थ्य चौकीमा कार्यरत थिए।
उक्त दुर्घटना भएकै दिन गत शुक्रबार पनि खबर पाए लगत्तै गाउँपालिका अध्यक्ष यादव पर्साबाट घटनास्थल सिमलतालमा पुगेर त्यहाँ भइरहेको खोजी र उद्दार कार्यको जानकारी लिएका थिए।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर