Lucky-Khabar_

सिमलतालस्थित त्रिशुलीमा बेपत्ता भएका सखुवा प्रसौनीका ५ परिवारलाई राहतस्वरूप १/१ लाख रुपैयाँ दिने:अध्यक्ष यादव

३ साउन,वीरगञ्ज । सिमलतालस्थित त्रिशुली नदीमा बस खसेर बेपत्ता भएका र मृत्यु भएका पर्साको सखुवा प्रसौनी गाउँपालिकाका ५ जनाका परिवारलाई गाउँपालिका कार्यालयले राहत स्वरूप जनही १/१ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

content ad p2


गाउँपालिका अध्यक्ष यशवन्त यादवले गत शुक्रबार बिहान सिमलतालमा झरेको पहिरोले बगाएर त्रिशुली नदीमा खसेको बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाका ४ र महुवन स्वास्थ्य चौकीमा कार्यरत १ सहित ५ जना परेको जानकारी दिँदै, उनीहरूका परिवारलाई जनही १/१ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल बसमा सवारमध्ये सखुवा प्रसौनी-२ जमुनियाकी २४ वर्षीय प्रभा चौधरीको शव दुर्घटनास्थलबाट १०३ किलोमिटरको दुरीमा बुधबार भेटिएको थियो। उनको बिहीबार देवघाटमा दाहसंस्कार पनि गरिसकिएको छ।

बसमा सवार उनका बुबा हृदय नारायण चौधरी र आमा भगवती देवीको अवस्था अझै अज्ञात नै छ। उनीहरू तीनै जना आमा भगवती देवीको उपचार गराउन वीरगन्जबाट काठमाडौं जाँदै गरेका थिए।
त्यस्तै एन्जल बसमै सवार सखुवा प्रसौनी गाउँपालिकाकै वडा नम्बर ३ का २२ वर्षीय रैफुल आलम र सखुवा प्रसौनी-५ महुवनको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सृष्टि यादवको पनि अहिलेसम्म शव फेला पर्न सकेको छैन। आलम र यादव एउटै स्वास्थ्य चौकीमा कार्यरत थिए।
उक्त दुर्घटना भएकै दिन गत शुक्रबार पनि खबर पाए लगत्तै गाउँपालिका अध्यक्ष यादव पर्साबाट घटनास्थल सिमलतालमा पुगेर त्यहाँ भइरहेको खोजी र उद्दार कार्यको जानकारी लिएका थिए।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर