Lucky-Khabar_

चितवनमा आएको रेल मार्गको अध्ययन गर्न टोली चढेको गाडीमा आगजनी

२ साउन,चितवन ।चितवनका स्थानीयले रेल मार्गको सर्भे गर्न आएको टोली चढेको सवारी साधनमा आगजनी गरेका छन् । रेल मार्गको सर्भे गर्न चितवन आएको टोलीको गाडीमा बुधबार स्थानीयहरूले आगजनी गरेका हुन् ।

content ad p2

भरतपुर महानगरपालिका वडा नम्बर–७ कृष्णपुर पुगेको टोली चढेको गाडी नियन्त्रणमा लिएर आगजनी गरेको प्रहरीले  छ । रेल मार्गको सर्भेका लागि सो स्थानमा पुगेको आरएच कन्सल्टेन्सीको बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

प्रहरीका अनुसार पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म अध्ययन कार्य भइरहेको र सो कार्यका लागि कन्सल्टेन्सीको टोली उक्त स्थान पुगेको थियो । त्यसअघि भरतपुर–८ मा सर्भेको काम गरिएको थियो । भरतपुर–८ सकेर बुधबार बिहान वडा नम्बर–७ कृष्णपुरमा पुग्दा स्थानीयले नियन्त्रणमा लिएका थिए ।

बस्तीबाट रेल मार्ग लान नपाइने भन्दै स्थानीयले विरोध जनाएका थिए । घना बस्ती भएको ठाउँबाट रेल मार्ग बनाउन उचित नहुने उनीहरूको तर्क रहेको छ । विगतदेखि नै विरोध गर्दै आएका स्थानीयले संघर्ष समिति नै बनाएर सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदै आएका थिए । बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने उनीहरूको माग छ भनि जानकारी प्राप्त भएको छ।

सम्बन्धित खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर

रौतहटमा १८ वर्षीया युवती मृत फेला, दाइजोको दबाब र हत्या आरोपबारे प्रहरीले अनुसन्धान गर्दै

लक्की खबर