Lucky-Khabar_

पर्साबाट संघ र प्रदेश सरकारमा पाँच मन्त्री, ३ नम्बर क्षेत्र मन्त्री नै मन्त्रि

४ साउन, वीरगञ्ज । पर्सा जिल्लाले ५ जना संघीय सरकारमा तीन र प्रदेश सरकारमा दुई मन्त्री सहित पर्सा जिल्लाले पाँचजना मन्त्री पाएको हो ।

संघीय सरकारमा पर्सा क्षेत्र नम्बर १ बाट प्रदीप यादव खानेपानी मन्त्री, २ बाट अजय चौरसिया कानून न्याय तथा संसदीय मामिला मन्त्री, क्षेत्र नम्बर ३ बाट राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएका छन् ।
त्यस्तै मधेस प्रदेशमा पनि दुईजना मन्त्री पर्साले पाएको छ । मधेस प्रदेशमा एमाले, माओवादी गठबन्धनमा एमालेबाट पर्सा क्षेत्र नम्बर ३ को प्रदेशसभा १ बाट प्रमोद जयसवाल शिक्षा तथा संस्कृति मन्त्री यसअघि नियुक्त भएका थिए ।
अहिले उनलाई खेलकुद तथा समाजिक कल्याण मन्त्रालयको जिम्मेवारी दिएको छ । त्यस्तै बिहीबार विस्तार भएको मधेस प्रदेशको मन्त्री मण्डलमा पर्साबाट एकजना मन्त्री थपिएका छन् ।

content ad p2

पर्साको क्षेत्र नम्बर ३ कै प्रदेशसभा २ बाट निर्वाचित जनार्दनसिंह क्षेत्र भूमी व्यावस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर ३ यसपटक मन्त्रीमय बनेको छ ।

क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजकुमार गुप्ता संघीय सरकारमा मन्त्री भएका छन् । प्रदेशसभाको दुवै क्षेत्रबाट निर्वाचित सांसद मधेस प्रदेश सरकारको मन्त्री भएका छन् ।

प्रदेशसभाको १ बाट प्रमोद जयसवाल र २ बाट जनार्दन सिंह क्षेत्री निर्वाचित भएका थिए । उनीहरु दुवैजना अहिले मधेस प्रदेश सरकारको क्याबिनेटमा छन् ।

आन्दोलनको उद्गमभूमि पर्सा सधै राज्यको उपेक्षा पर्‍यो । विभेदमा पार्‍यो भन्ने गरेका पर्साका नेताहरुलाई यसपटक मन्त्री नै मन्त्री बनाएर अवसर दिएको छ । मन्त्री बनेकाहरुले अब पर्सालाई कतिको गर्छ पर्साबासिले ठुलो आस राखेका छन् |

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर