Lucky-Khabar_

बिधुत प्राधिकरण नेतृत्वप्रति असहिष्णु ओली, कुलमान हटाउन अख्तियार खटाउने योजनाको अन्तर्य ?

२१ श्रावण,काठमाडौं| डेडिकेटेड र ट्रंकलाइन विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन नमानेपछि सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन लागेको हो ।

content ad p2

सरकारलाई असहयोग गरेको भन्दै सरकारले घिसिङ नजिकका दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोध्दै पदमुक्त समेत गरेको छ ।

कार्की यसअघि देवेन्द्र कार्की ऊर्जा सचिव र महेन्द्रबहादुर गुरुङ पञ्चेश्वर विकास प्राधिकरणमा भएकोलाई रिक्त स्थानमा नियुक्त गरेको छ।

ओली-कुलमान तिक्तता

तत्कालीन माओवादी सरकारका पालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घिसिङलाई कार्यकारी निर्देशक बनाउन खोजेका थिए । तर, एमाले अध्यक्ष ओली सहमत नभएपछि तत्कालीन सरकारले घिसिङलाई कार्यकारी निर्देशक बनाउन सकेन । पछि प्रचण्डले समीकरण फेरेर कांग्रेससँग सरकार बनाएपछि उनलाई कार्यकारी निर्देशकमा नियुक्त  थिए ।

त्यसैले  घिसिङसँग पहिलेदेखि नै वर्तमान प्रधानमन्त्री ओलीको सम्बन्ध सुमधुर नरहेको देखिन्छ । उद्योगहरूमा अहिले बिधुत  जोड्न प्रधानमन्त्रीले दिएको निर्देशन नमानेपछि सम्बन्ध अझै बिग्रिएको छ  ।

कुलमान हटाउने न्या जालो 

सरकारले सीधै घिसिङलाई स्पष्टीकरण सोध्दा विरोध हुने देखेपछि प्रधानमन्त्रीले घुमाउरो बाटो प्रयोग गरेर उनलाई हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले उनलाई हटाउन संसदको सार्वजनिक लेखा समितिको प्रयोग गर्न खोजेको स्रोतको अनुभव छ  ।

समितिको सभापतिमा अहिले एमाले सांसद ऋषिकेश पोखरेल छन् । उनै पोखरेलमार्फत बाहिरबाटै तयार प्रतिवेदन तयारी पारेर कार्यकारी निर्देशक घिसिङलाई दोषी देखाउन लागिएको बताइन्छ ।

उक्त प्रतिवेदनको ड्राफ्टमा घिसिङले लापरबाही गरेको, लापरबाहीको विषय अन्यत्र मोड्ने प्रयास गरेको, छानबिन गरी दोषीउपर कारबाही नगरेको भन्दै अख्तियारलाई छानबिन गर्न निर्देशन दिने तयार पारिएको छ ।

समितिको प्रतिवेदनमा घिसिङसहित प्राधिकरणको नेतृत्वविरुद्ध सार्वजनिक लेखा समितिले अख्तियारसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीमार्फत पनि छानबिन गरिनुपर्ने उल्लेख छ ।

समिति सभापति पोखरेलले उक्त प्रतिवेदन गत शुक्रबारको बैठकमा पारित गराउने कोसिस गरेका थिए । तर, उनको उक्त प्रयासमा सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदले साथ नदिएपछि रोकिएको थियो ।

लेखा समितिको बैठकमा एमालेका सांसदहरूले घिसिङको कार्यशैलीको आलोचना गर्दै आएका छन् । त्यसमा माओवादी बचाउमा छन् भने कांग्रेस सांसद मौन  छ ।

 

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर