Lucky-Khabar_

दिनहु गिट्टी बालुवाको खुलियाम तस्करी, निकाय मुकदर्शक

२७ साउन, पर्सागढी ।गिट्टी बालुवाको पर्साको विन्दवासिनी कोईलाभार साझेदारि वन अन्तर्गत रहेको विभिन्न खोलाहरुबाट दिनहु खुलियाम चोरी तस्करी भईरहेको छ ।

content ad p2

पर्सागढि नगरपालिका अन्तर्गत रहेको कर्जनिहा र सिंङ्गाही खोलाबाट दिनहु गिट्टी बालुवाको चोरी तस्करी हुँदा समेत स्थानीय वनकर्मी र प्रहरीहरु मुकदर्शक बनेको स्थानियले आरोप लगाएका छन् ।

सब डभिजन वन कार्यालय बडनिहार र सो मातहतका छतवनटाडि, मनवा वन कार्यालय र बड्निहार प्रहरी चौकी, मनवा प्रहरी चौकीहरुकै अगाडिबाट गिट्टी बालुवा ओसारपसार भईरहँदा पनि उनीहरु एकसुईको नबोल्नु भनेको पैसाले मुख बन्द भएको हुनसक्ने स्थानियले अनुमान गरेका छन् ।

असारको १ गते देखि बन्द भएका खोलाहरु पालिकाले ठेक्का नलगाउँदा प्रहरी र वनकर्मीहरुको कमाई खाने भाँडो भएको स्थानियले बताएका छन् ।

उनीहरु भन्छन्, “आर्थिक प्रलोभनमा परेर प्रहरी र वनकर्मीहरुले नै ट्रेक्टरलाई छुट दिई गिटीबालुवाको तस्करी बढाएका छन् ।”

कर्जनिया र सिङ्गाही खोलाबाट चोरी तस्करी गरि ल्याइएका गिट्टी, बालुवा अहिले पर्सागढि, बहुदरमाई नगरपालिकासँगै वीरगञ्जको विभिन्न ठाउँसम्म बेच्न पुगिरहेको छ ।

चोरी तस्करिको गिट्टी बालुवा चर्को मुल्यमा समेत विक्री भईरहेको छ स्थानियले भन्छन्।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर