२७ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं दुईदिने भ्रमणका लागि आइपुगेका छन् ।

मीश्रीलाई स्वागत गर्न परराष्ट्र सचिव सेवा लम्साल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन् । मीश्री लम्सालकै निमन्त्रणामा नेपाल आएका हुन् ।
विदेश सचिव बनेलगत्तै मिश्रीले पहिलो भ्रमण भने भुटानमा गरेका थिए भने नेपालमा कांग्रेस-एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो ।
नेपाल भ्रमणका क्रममा नेपाल-भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले उनले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम छ ।


