Lucky-Khabar_

वीरगञ्ज पशुपतिनाथ त तथा अन्य सबै शिवालय मन्दिरमा भक्तजनहरुको भिड

२८ साउन, वीरगञ्ज । आज वीरगञ्जको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा साउन महिनाको अन्तिम सोमबार श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवजीको पूजापाठ गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

content ad p2

साउनको सोमबार दिनलाई भगवान शिवको प्रिय मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार ज्योतिष प्रेम प्रसाद सुवेदीले बताउँछन् ।

पर्साको दुग्धेश्वर महादेव मन्दिर (भाथाधाम) र बाराको काँटघाट लगायतका शिव मन्दिरमा श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ ।
वीरगञ्जको चिनीमिल आवास क्षेत्र भित्र अवस्थित पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्न हजार भन्दा बढी दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध देखिएका छन् ।
यस्तै वीरगञ्जकै अलखिया मठमा पनि दर्शनार्थीहरुको घुँईचो छ । बिहानै देखि दर्शनाथीहरु नुहाईधुवाई गरी जल चढाउन त्यहाँ पुगेका छन् ।

त्यस्तै काठमाडौंको पशुपतिसहित, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको अत्यधिक रुपमा भिड लागेको छ ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर