Lucky-Khabar_

वीरगञ्ज पशुपतिनाथ त तथा अन्य सबै शिवालय मन्दिरमा भक्तजनहरुको भिड

२८ साउन, वीरगञ्ज । आज वीरगञ्जको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा साउन महिनाको अन्तिम सोमबार श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवजीको पूजापाठ गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

content ad p2

साउनको सोमबार दिनलाई भगवान शिवको प्रिय मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार ज्योतिष प्रेम प्रसाद सुवेदीले बताउँछन् ।

पर्साको दुग्धेश्वर महादेव मन्दिर (भाथाधाम) र बाराको काँटघाट लगायतका शिव मन्दिरमा श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ ।
वीरगञ्जको चिनीमिल आवास क्षेत्र भित्र अवस्थित पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्न हजार भन्दा बढी दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध देखिएका छन् ।
यस्तै वीरगञ्जकै अलखिया मठमा पनि दर्शनार्थीहरुको घुँईचो छ । बिहानै देखि दर्शनाथीहरु नुहाईधुवाई गरी जल चढाउन त्यहाँ पुगेका छन् ।

त्यस्तै काठमाडौंको पशुपतिसहित, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको अत्यधिक रुपमा भिड लागेको छ ।

सम्बन्धित खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

एकअर्कालाई सम्मान र सहयोग गर्नु सबैको दायित्व : सांसद सुशिल शाह कानु

लक्की खबर