Lucky-Khabar_

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार पत्रकार विमलालाई प्रदान गरिने

२८ साउन, वीरगञ्ज । यस वर्ष प्रतीक दैनिकद्वारा स्थापित सुबोध स्मृति पत्रकारिता पुरस्कार पत्रकार विमला गुप्तालाई प्रदान गरिने छ ।
प्रतीक दैनिकका प्रधान सम्पादक जगदीशप्रसाद शर्माको अध्यक्षतामा आइतवार बसेको बैठकले यो निर्णय गरेको हो । यो पुरस्कार प्रत्येक वर्ष प्रतीक दैनिकको वार्षिकोत्सवको अवसरमा फोटो पत्रकार सुबोध पौडेलको सम्झनामा रु ५१ हजार राशिको पुरस्कार प्रदान गर्ने गरिन्छ ।
पत्रकार विमला गुप्ता संघर्षशील महिला पत्रकार हुन् । रेडियोबाट दशकौअघि पत्रकारिता प्रारम्भ गरेकी उनले अहिले राष्ट्रिय स्तरको पत्रिका नागरिक दैनिक र आफ्नै अनलाइन पोर्टल पर्सा अनलाइन सञ्चालन गर्दै समाजमा सुचना प्रवाहका लागि योगदान दिदै आएकी छन् ।
वार्षिकोत्सवमा यस वर्ष स्तम्भकारमा कुमार रूपाखेती, संवाददातामा धर्मेन्द्र चौरसिया र प्रतीक दैनिकको कर्मचारी महमद तबरेज हवारीलाई पुरस्कृत गर्ने निर्णय भएको छ ।पुरस्कार वितरण कार्यक्रम यस वर्ष भदौ १ गते शनिबार आयोजना गरिनेछ ।

content ad p2

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर