Lucky-Khabar_

अष्ट्रेलियाको एक होटलमा हेलिकोप्टर ठोक्किँदा पाइलटको मृत्यु

२८ साउन, काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

content ad p2

हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेलिकप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो ।

होटलका ८० र ७० वर्षका दुई जना पाहुनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य छ ।

प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । हेलिकप्टरलाई भाडामा लगाएको एक कम्पनीका अनुसार यो उडान अनधिकृत थियो ।

प्रत्यक्षदर्शीका अनुसार पानी परिरहेका बेला हेलिकप्टर बत्ती नबाली निकै तलबाट आएको थियो र होटलको छतमा ठोक्किएको थियो । त्यसपछि हेलिकप्टरका दुईवटा पंखा भाँचिएर स्विमिङ पुलमा खसेको थियो ।

स्थानीयका अनुसार हेलिकप्टर ठोक्किएपछि बम पड्किएको जस्तो ठूलो आवाज आएको थियो ।एजेन्सी

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर