Lucky-Khabar_

अष्ट्रेलियाको एक होटलमा हेलिकोप्टर ठोक्किँदा पाइलटको मृत्यु

२८ साउन, काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

content ad p2

हेलिकप्टरमा पाइलटमात्र सवार थिए । उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेलिकप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो ।

होटलका ८० र ७० वर्षका दुई जना पाहुनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य छ ।

प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । हेलिकप्टरलाई भाडामा लगाएको एक कम्पनीका अनुसार यो उडान अनधिकृत थियो ।

प्रत्यक्षदर्शीका अनुसार पानी परिरहेका बेला हेलिकप्टर बत्ती नबाली निकै तलबाट आएको थियो र होटलको छतमा ठोक्किएको थियो । त्यसपछि हेलिकप्टरका दुईवटा पंखा भाँचिएर स्विमिङ पुलमा खसेको थियो ।

स्थानीयका अनुसार हेलिकप्टर ठोक्किएपछि बम पड्किएको जस्तो ठूलो आवाज आएको थियो ।एजेन्सी

सम्बन्धित खबर

अस्ट्रेलियामा रहेका इन्जिनियर आर्यन सुरज राउतलाई KICCI international द्वारा सम्मानित

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

क्यानेडियन वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाएको भन्दै ट्रम्पविरुद्ध मुद्दा दायर

लक्की खबर