Lucky-Khabar_

मधेस प्रदेश सरकारले ८ राज्यमन्त्रीलाई बर्खास्त

२९ साउन,वीरगञ्ज । मधेस प्रदेश सरकारले प्रदेशका ८ वटै राज्यमन्त्रीलाई पदमुक्त गरेको छ । मुख्यमन्त्री सतिस सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई बर्खास्त गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलेजनाएको छ ।

content ad p2

मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका ५ राज्यमन्त्रीसहित ८ जनालाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई आज पत्र पठाइएको हो । सरकारमा सहभागी सबै दलहरुको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरुलाई हटाउने निर्णय गरिएको बताको छ ।

ठूलो आकारको मन्त्रीमण्डल विस्तार गरेको भन्दै प्रदेश सरकारको चर्को आलोचना हुन थालेपछि दलहरुको सहमति अनुसार राज्यमन्त्रीहरुलाई हटाउने निर्णय गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
एक साता अगाडि मात्र प्रदेश सरकारले ५ जना राज्यमन्त्री थप्दै राज्यमन्त्रीको संख्या ८ जनाको पुर्‍याएको थियो ।

यही मंगलबार प्रदेश सरकारले रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र महम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने यसअघि केशव राय, शारदा देबी थापा र रञ्जुकुकमारी मण्डल खङ्गलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर