Lucky-Khabar_

काठमाडौंदेखि ओखलढुंगाकोलागि जाँदै गरेको बस दोलखामा दुर्घटना भई १५ जना घाइते

२३असोज्, काठमाडौं| काठमाडौंदेखि ओखलढुंगाको लागि जाँदै गरेको अरनिको यातायातको बस दोलखामा दुर्घटना भएको छ। दोलखा भीमेश्वर नगरपालिका-८ चरङ्गेस्थित चरिकोट-लामासाँघु सडक खण्डमा ओखलढुंगाको गाम्नाङटार जाँदै गरेको बा.प्र.३-०१-००६ ख.०६३५ नम्बरको अरनिको बस अचानक ब्रेक फेल भएर दुर्घटना हुन् गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ।

बसमा सवार ३५ जना यात्रुमध्ये १५ जना घाइते भएका प्रहरीले जानेको छन्। उनीहरुमध्ये १० जनाको च्छो-रोल्पा अस्पताल‍ र ५ जनाको सामुदायिक अस्पताल चरिकोटमा उपचार भइरहेको छ।

त्यस्तै लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले प्रहरी र अस्पतालसँग समन्वय गरेर घाइतेको उपचार भइरहेको बताइन्। थापाले हालसम्म घाइतेको रिफर गर्नुपर्ने अवस्था हालसम्म नदेखिएको जानकारी गराइन्।

content ad p2

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर