Lucky-Khabar_

वीरगन्जका पूर्व नगर प्रमुखको अलौंको विवाद र समस्याको बारेमा चासो

(राम आर्य)
२३ असोज,वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगीले वीरगञ्ज महानगरपालिकाको ४ वटा वडामा अबिरल बर्षापछि भएको डुबानको बिषयमा चासो लिएका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर १७, २६, २४, २० मा अविरल बर्षापछि जमेको पानीको निकासको विषयमा उनले आज अलौमा धर्नामा बसेका स्थानीयसँग जानकारी लिएका छन् ।

content ad p2

धर्नास्थलमै पुगेर पूर्व नगर प्रमुख सरावगीले धर्नामा सहभागीहरुसँग जानकारी लिनुका साथै त्यहाँको समस्याको बारेमा पनि यथार्थ बुझ्नु भएको छ ।

सरावगीले अलौंमा असोज २० गते आईतबार भएको विवादमा स्थानीय महानगर प्रमुख जस्तो गरिमामय पदमा आसिन ब्यक्तिबाट एक जना ज्येष्ठ नागरिकमाथि दुव्र्यवहार हुनु निन्दनीय भएको पनि बताए ।

उहाँले विवादको सम्बन्धमा सम्बधित वडा अध्यक्ष र सर्बपक्षिय भेला बसेर कम भन्दा कम क्षति हुने गरि शान्तिपूर्ण तरिकाले समस्याको समाधान गर्न अनुरोध गरेका छन् ।

त्यस्तै गरिमामय पदमा आसिन ब्यक्तित्वबाट भएको दुव्र्यबहारको निन्दा गर्दै दोषीलाई आवश्यक कार्वाही गर्न समेत प्रशासनसँग माग गरेका छन् ।

सम्बन्धित खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन अभियान सुरु हुँदै, शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरण

लक्की खबर

मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज यथावत

लक्की खबर