Lucky-Khabar_

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल स्तब्ध, बंगलादेश बन्यो च्याम्पियन

१४कार्तिक, काठमाडौं : नेपाललाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा नेपाललाई २-१ गोलले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो।

content ad p2


बंगलादेशले खेलको ५२औं र ८१औं मिनेटमा गोल गरेको थियो। पहिलो हाफ बराबरीमा रोकिएको खेल त्यसपछि रोमाञ्चक बनेको थियो। खेलको ५२औं मिनेटमा बंगलादलेशले गोल गर्दै अग्रता लिएको थियो। बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन्। त्यसको तीन मिनेटमै नेपालले गोल फर्काएको थियो। नेपालका लागि अमिशा कार्कीले गोल फर्काएकी थिइन्।

यस्तै खेलको ८१औं मिनेटमा बंगलादेशले शानदार गोल गर्दै जित सुनिश्चित गरेको थियो। बंगलादेशकी रितु पोर्ना चक्माले निर्णायक गोल गरेकी थिइन्।

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग–२: नेपालमा त्रिदेशीय सिरिज सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित

लक्की खबर

आईसीसी विश्वकप लिग–२ का लागि १५ सदस्यीय नेपाली टोली तयार

लक्की खबर

नेपालको इनिङ: आसिफ र अर्जुनको बलियो साझेदारी

लक्की खबर