Lucky-Khabar_

सुनको मूल्य २ हजार ६ सयले घटेको छ

११मन्सिर्, काठमाडौं |स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ। सोमबार पनि १५ हजार ९ सयले घटेको सुन आज २६ सय रुपैयाँले घटेको हो।

content ad p2


नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २६ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको हो। सुनको मूल्य घटेसँगै चाँदी पनि ओरालो लागेको छ। आज २५ रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ निर्धारण भएको छ।

चाँदी अघिल्लो दिन प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।
सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुन-चाँदीको भाउ घटेको हो। सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गरिएको छ। यसअघि सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएको थियो। यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ।

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर