९ पुस, काठमाडौं ।सूर्यविनायक प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटमा बाबुछोराको हत्या प्रकरणमा १ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी जनाए अनुसार कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण आचार्यको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरालाई पक्राउ गरेको छ। उनलाई महाराजगञ्जबाट पक्राउ गरिएको हो ।

उनले हत्यामा आफ्नो संलग्नता समेत स्वीकार गरिसकेको स्रोतले जनाएको छ । हुलाक कार्यालयका कर्मचारी आचार्य र उनका छोरा प्रवीणको कोठामा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो भनि जानकारी प्राप्त भएको छ ।



