२९पुष,बिरगन्ज | पर्सा प्रहरीको टोलीले ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ता, प्रहरी बिट छपकैया र प्रहरी चौकी गणेश टोलको संयुक्त टोलीको कारबाहीमा १९ . ५ कि. ग्रा. लागुऔषध चरेस बरामद गरिएको छ।
बिर्ता प्रहरीका प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा प्रहरी बिट छपकैयाका प्रहरी सहायक निरीक्षक बृजभूषण पाण्डे र हवलदार अभय झाको संयुक्त टोलीले बीरगंज महानगरपालिका-१६ गणेश टोलस्थित एक घरमा बोराभित्र लुकाइछिपाई राखिएको चरेस फेला पारेको हो।
विशेष सूचनाका आधारमा आइतबार राति ८ बजे गरिएको छापामारीमा उक्त चरेस बरामद भएको व.प्रा.का.बिर्ताका प्रमुख प्र.नि. निरोज चौलागाईंले जनाएको छ। सो विषयमा आवश्यक अनुसन्धान जारी रहेको र संलग्न व्यक्तिहरूको खोजी भइरहेको चौलागाईंले जानकारी दिएका छन्।




