Lucky-Khabar_

रास्वपा सभापति रबि लामिछाने अझ थप २ दिन प्रहरी हिरासतमा बस्न आदेश

२९ पुस,काठमाडौं। पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने कम्तिमा २ दिन हिरासतमा बस्नुपर्ने आदेश भएको छ। काठमाडौं जिल्ला अदालतले थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा पठाउने आदेश दिएको हो।

content ad p2

सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि लामिछाने थप २ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको हो। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आइतबार लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश गरे पछि लामिछाने हिजो प्रहरी हिरासतमा थिए।


न्यायाधीशले आज पनि आइतबारकै आदेशलाई निरन्तरता दिएपछि लामिछाने थप २ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको हो। भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै थुनछेकको बाँकी बहस हुनेछ।

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए।

हाल कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान लिइरहेको हो। उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितलाई लागेको छ ।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर