९ माघ, काठमाडौं|एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो बढी शंकास्पद पदार्थसहित पक्राउ परेका छन्। क्याथे प्यासेफिक एयरबाट हङकङ जान लागेका ती चिनियाँ नागरिक पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ। उनको साथबाट सो परिमाणको पदार्थ बरामद गरिएको हो।

उक्त पदार्थ के भन्नेबारेमा प्रहरीको विधिविज्ञान प्रयोगशालाले अनुसन्धान गरिरहेको छ। विमानस्थल प्रहरीले बरामद गरेको शंकास्पद पदार्थसहित चिनियाँ नागरिकलाई लागुऔषध नियन्त्रण व्युरोमा पठाएको छ।
प्रहरीले लागुऔषध कारोबारीको आशंकामा ती चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको भनि जनाएको छ।


