Lucky-Khabar_

कम्तीमा एक दर्जन व्यक्तिको बङ्गलादेशको हिरासतमा मृत्यु

३० माघ,काठमाडौँ ।गएको  वर्षको क्रान्तिपछि बङ्गलादेशमा यातना र बन्दुकको गोली लागेर कम्तीमा एक दर्जन मानिसको हिरासतमा मृत्यु भएको एक अधिकार समूहले बुधबार बताएको छ ।

content ad p2

पूर्व प्रधानमन्त्री शेख हसिनालाई हटाएको विद्यार्थी नेतृत्वको क्रान्तिपछि सत्ता सम्हालेको अन्तरिम सरकारसँग दक्षिण एसियाली यस मुलुकको सबैभन्दा ठूलो मानवअधिकार सङ्गठनहरू मध्येको एक ओधिकारले न्यायको माग गरेको छ ।


“अन्तरिम सरकारले यी अपराधहरूलाई दण्डहीन हुन दिनुहुँदैन”, ओधिकारका निर्देशक एएसएम नसिरुद्दिन एलानले भने, “न्यायेतर हत्यामा संलग्न व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउनैपर्छ ।”

हसिनाको १५ वर्षे स्वेच्छाचारी शासनकालमा सुरक्षा बलहरूले उनको शक्ति बढाउन व्यापक हत्या गरेका ओधिकारले प्रतिवेदनमा विस्तृत रूपमा बताएको छ । ओधिकारले हसिना भागेपछि पनि ती एजेन्सीहरूले मानवअधिकार उल्लङ्घन गरिरहेको आरोप लगाएको छ ।

हसिना अगस्ट ५ मा छिमेकी भारतमा निर्वासनमा भागे र त्यसयता मानवता विरुद्धको अपराधको मुद्दा सामना गर्न पक्राउ पूर्जीको अवज्ञा गर्दै आएका छन् । हसिनाविरुद्धको विद्रोहमा संयुक्त राष्ट्रसङ्घका अनुसार एक हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको हुनसक्ने बताइएको छ ।

उनी गएपछि बङ्गलादेशी सुरक्षा बलहरूले हसिनाको आवामी लिग पार्टीका समर्थक र उनको ‘फासीवादी’ पूर्व सरकारका वफादारहरू विरुद्ध व्यापक गिरफ्तारी गरेका छन् । ओधिकारले सन् २०२४ अगस्ट ९ र डिसेम्बर ३१ को बीच भएका १२ मृत्युको विवरण दिएको छ ।

बङ्गलादेशका सशस्त्र बलका जनसम्पर्क निर्देशक सामी–उद–दौला चौधरीका अनुसार सुरक्षा बलहरूले ‘सबै मामिलाको अनुसन्धान गरिरहेका छन् । एजेन्सी

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर