Lucky-Khabar_

प्रधानमन्त्री ओलीलाई प्रभु साहले पदमा बस्नु नैतिकताले दिएन बताए

१ फागुन,काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री ओलीलाई पदमा बस्नु नैतिकताले दिएन बताए|

content ad p2

आजपा अध्यक्ष साहले रौतहटमा यमुनामाई गाऊपालिकाको बिशेष भेलालाई सम्बोधन गर्दै झण्डै दुई तिहाई बहुमतको हावागफ दिने प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश पारित गर्नका लागि समान्य बहुमत समेत नभएको बताए ।

‘म प्रधानमन्त्रीज्यूसंग सोध्न चाहन्छु, तपाईले त झण्डै दुई तिहाईको बहुमतको शक्तिशाली सरकार भन्नुहुन्छ । तर तपाई आफैले ल्याएको अध्यादेश पारित गर्नका लागि तपाईसंग समान्य बहुमत छैन् । तपाई कुन नैतिकताले अझै पदमा बस्नुभएछ ?’, प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘तपाईले अध्यादेश संसदमा निर्णयार्थ पेश गरेर किन फिर्ता लिनुभो ?’

आफैले ल्याएको अध्यादेश पारित गराउँन नसक्ने प्रधानमन्त्रीले कुन नैतिकताका आधारमा कुर्सीमा बसिरहेको भन्ने प्रश्न गर्दै उनले अलिकति पनि देश र जनताको माया भए तुरुन्त कुर्सी छोड्न सल्लाह दिए ।

‘तपाई (ओली) आफैले ल्याएको अध्यादेशको अस्त्रले तपाई आफैलाई निर्वस्त्र बनाइदिएको छ । दुनियाले देखिरहेको छ तपाईसंग समान्य बहुमत पनि छैन् । त्यसैले तपाई कुर्सी छोड्दा नै देश र जनताको हित हुन्छ’ साहले भने ।

आजपा अध्यक्ष साहले अहिलेको नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धन नभई ओली र शेरबहादुर देउवाको स्वार्थको गठबन्धन भएको टिप्पणी गरे । उनले मुलुक र जनताको हितका लागि ओली र देउवाको बन्धनबाट देशलाई तत्काल मुक्त गर्नुपर्ने बताए ।

‘यो गठबन्धन अप्रजातान्त्रिक, अप्राकृतिक, अदृश्य एवं अनैतिक हो, यो केवल केपी शर्मा ओलीज्यू र शेरबहादुर देउवाज्यूको स्वार्थको बन्धन हो । दुनियाले हेरिरहेको छ यो स्वार्थको गठबन्धनले दलाल, बिचौलिया, भ्रष्टहरुको सेवामा समर्पित छ’ आजपा अध्यक्ष साहले भने, ‘विपी कोईरालालाई आदर्श मान्ने कांग्रेस र मदन भण्डारीलाई आदर्श मान्ने एमालेका नेताकार्यकर्ताले यो ठगबन्धनलाई कसरी स्वीकारेको होला?’

ओली र देउवाको स्वार्थ बन्धनबाट विपी र मदन भण्डारीलाई मान्ने कांग्रेस र एमालेका नेताकार्यकर्ता सहित मुलुक र जनता समेत पीडित भएकाले स्वार्थ बन्धनलाई बहिष्कार गरेर अगाडी बढनुपर्ने उनले बताए ।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर