१ फागुन,काठमाडौं । ‘मिसेस वोर्ल्ड वईल्ड नेपाल सिजन ३ को ताज मोरङको कानेपोखरिकी गोमा थापाले जितेकी छन्।गोमाले आरके मनोरञ्जन ग्रुपले आयोजना गरेको प्रतियोगितामा सबै प्रतियोगी सहभागीलाई पछि पार्दै ताज पहिरिएकी हुन्।


उनले हाल काठमाडौंमा विभिन्न व्यवसायहरू गर्दै आएकी मिसेज पपुलरको उपाधि समेत प्राप्त गर्नुको साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्ने छिन्।
गंगा बस्नेत ‘मिसेस ग्लोबल नेपाल र रेनु गच्छेदार कवाश ‘मिसेस ग्रान्ड नेपाल हुन सफल भए। त्यस्तै यलिना घिमिरे ‘मिसेस लुम्बिनी , मिरा देउजा‘ मिसेस कोशी, गौरी देवी आचार्य ‘मिसेस बागमती हुन सफल भए। साथै मिसेस ग्लोबल नेपाल र ‘मिसेस ग्रान्ड नेपालले समेत अन्तर्राष्ट्रिय मञ्चमा जान अवसर प्राप्त गरेका छन्।

नेपाल ओलम्पिक कमिटीका सचिव रामकृष्ण श्रेष्ठले प्रतियोगिताले विवाहित महिलाहरूको सौन्दर्य साथै आन्तरिक क्षमता, आत्मविश्वास साथै महिलाहरूको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गरे। यस्तो कार्यक्रमहरूसँग महिलाहरूलाई घरको चुला चौकोबाट हातेमालो गर्दै अझ सशक्त रूपमा महिलाहरूलाई जनचेतना तथा अधिकारको बारेमा सचेतना फैलाउन सकिने उनले बताए ।
मिसेस वोर्ल्ड वईल्ड नेपालककी निर्देशक निशा आचार्यले जानकारी दिए अनुसार प्रतियोगिताको निर्णायक मण्डलमा नवराज कोइराला , सुस्मी कँडेल , प्रदीप लाल श्रेष्ठ, कुसुम कुँवर, निर्णायकको भूमिकामा रहेको थियो।


