१७ चैत,बिरगंज। मुस्लिम समुदायको पवित्र रमजान महिनाको समाप्तिसँगै नेपालमा भोलि ईद उल-फित्र मनाइने भएको छ। नेपाल मुस्लिम पत्रकार संघका अध्यक्ष मन्सुर खानका अनुसार आज चन्द्रमा देखिएकाले भोलि औपचारिक रूपमा ईद मनाइनेछ।

अरब देशहरूमा आजै ईद मनाइएको थियो भने नेपाल, भारतलगायतका देशहरूमा भोलि ईद मनाइने मुस्लिम धर्मगुरुहरूले बताएका छन्। एक महिना लामो निराहार व्रत (रोजा) समाप्त भएपछि ईद मनाउने परम्परा रहेको छ।



