Lucky-Khabar_

परीक्षा सकेर मामाघर घुम्न आएका सिस्नेरीमा डुबेर ३ बालकको मृत्यु

१८ चैत, मकवानपुर | काभ्रे घर भई मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित मामाघरमा आएका २ बालक र सिस्नेरी डोडारेका १ बालक गरी ३ जनाको सिस्नेरी बजार पछाडिको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

content ad p2


सोमबार दिउँसो करिब साढे ४ बजे उनीहरूको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिइन् ।
इन्द्रसरोवर–३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका १४ वर्षीय छोरा सुशान्त आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १४ वर्षीय प्रमेश घोरासैनी र ११ वर्षीय प्रमाध घोरासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घोरासैनी दाजुभाइ हुन् भने आचार्य मामाका छोरा भएको प्रहरीले जनाएको छ । उनीहरू सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा घरबाट पौडी खेल्न भनेर गएका थिए ।

गत असोजमा कुलेखानी जलाशयको ड्यामको ढोका खोलेर पानी छोड्दा सिस्नेरी खोलामा आएको बाढीले ढुंगाको ओढारमा दह बनेको थियो । बिदाका क्रममा मामाघर आएका घोरासैनी दाजुभाइको मामाको छोरासँगै मृत्यु भएको हो ।

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले कुलेखानी ड्यामको पानीको बिगारेको बाटो र खोलाका कारण धेरैले ज्यान गुमाउन बाध्य भइरहेको बताए । मृतक बालकहरूको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर