Lucky-Khabar_

गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको

२२ चैत,काठमाडौं । गृह मन्त्रालयले ६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ। कञ्चनपुर, स्याङजा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुलाका प्रमुख जिल्ला अधिकारीहरूलाई अन्यत्र सरुवा मन्त्रालयले गरेको हो।

content ad p2


सरुवा अनुसार कञ्चनपुरमा लक्ष्मण ढकाललाई नयाँ सीडीओको रूपमा खटाइएको छ भने अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी वेद प्रसाद खरेलले पाएका छन्। त्यस्तै, स्याङजामा ईश्वरी प्रसाद अर्याल, लमजुङमा माधव प्रसाद पोखरेल, प्यूठानमा दीपक नेपाल र दार्चुलामा अनिल पौडेललाई सीडीओ बनाएर पठाइएको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रहेका नारायण प्रसाद सापकोटा, स्याङजाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा सुवेदी र दार्चुलाका यज्ञराज जोशीलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर