Lucky-Khabar_

बंगलादेश र श्रीलंकाको अवस्था सरकार नसुध्रिए आउँछ राप्रपा सांसद दीपक सिंहको भनाई

२६ चैत,काठमाडौं । वर्तमान सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको जस्तो अवस्था ल्याउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले चेतावनी दिएका छन्।

content ad p2

सांसद सिंहले मंगलबार काठमाडौंको बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै अहिले देशमा राजतन्त्रबाहेकको अन्य विकल्प नरहेको दाबी गरे। उनले भने, ‘अहिले पनि यो सरकार सुध्रिएन भने बंगलादेश र श्रीलंकाको अवस्था जनताले ल्याउनेछ। राजा बाहेक अरु विकल्प हामीसँग छैन। देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन।’

उनले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा पक्राउ परेका आफ्ना पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई बिना शर्त रिहा गर्नुपर्ने माग राखे। ‘डा. धवलशमशेर राणा र रवीन्द्र मिश्र जो बेलायतमा पत्रकारिता गर्ने मान्छे उनी आज आतंक गर्ने मान्छे हुन?,’ सिंहले प्रश्न गरे, ‘यी विद्वान मान्छेलाई उग्र बनाएको तपाईंहरूले हो। निशर्त छाड्नुपर्छ।’

पार्टीका दुई नेतालाई बिना शर्त रिहा नगरे सरकारले महंगो मूल्य चुकाउनुपर्ने सांसद सिंहले चेतावनी दिए।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर