Lucky-Khabar_

अनाधिकृत रुपमा सञ्चालनमा रहेको वीरगन्जको ग्यालेक्सी सेकेन्डरी स्कुलमा शील

राम सुन्दर आर्य
२७ चैत, वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १० आदर्श टोलमा रहेको  ग्यालेक्सी सेकेण्ड्री स्कुलमा महानगरपालिकाको टोलीले   सिलबन्दी गरेको हो ।

विद्यालयले आफ्नो विद्यालयमा भर्ना भएका विद्यार्थीहरुको अध्ययनमा ध्यान दिनुपर्नेमा अवरोध गर्नुका साथै वार्षिक परीक्षा सञ्चालनमा समेत अवरोध गरेको थियो । यसका साथै व्यवसाय कर, घर बहाल कर, एकिकृत सम्पत्ति कर लगायतका कर नबुझाएको, विद्यालय अनुमति पत्र नविकरण नभएको, इमिस अध्यावधिक नरहेको, पटक पटक कागजात माग्दा विवरण उपलब्ध नगराएपछि बुधबार विद्यालयको मुल गेटमा सिलबन्दी गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।

content ad p2

महानगरपालिकाले अनुमति नलिई अवैध रूपले संचालनमा रहेका विद्यालयलाई कारबाही गर्दै आएको छ ।

नगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत सृजना बुढाथोकी, नगर प्रहरी इन्चार्ज हरि प्रसाद भुषाल एवं संचारकर्मीको सहभागीतामा सो विद्यालयमा सिलबन्दी गरिएको हो ।

 

सम्बन्धित खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

मेहनत र अनुशासनले सुरक्षा निकायका पाँच पदमा सफलता, धिराजन परियार बने प्रेरणाका पात्र

लक्की खबर

हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण

लक्की खबर