Lucky-Khabar_

गुड्दै गरेको बसमा काठमाडौंको ढुंगेअड्डामा आगलागी

११बैसाख, काठमाडौं |गुड्दै गरेको बसमा काठमाडौंको ढुंगेअड्डामा सडकमा आगलागी भएको छ। चन्द्रागिरी नगरपालिका -१५ स्थित पिपलबोटको मूल सडकमाकलंकीबाट थानकोट जाँदै गरेको पाँचपोखरी यातायातको ९७८६ नम्बरको बसमा आगलागी भएको हो।

content ad p2


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार सडकमा गुड्दै गरेको बसमा आगलागी हुँदा बस पूर्णरुपमा क्षति भएको छ। उनका अनुसार यात्रु भने सकुशल रहेका छन्।

बसको इन्जिनमा एक्कासी आगो लागेपछि यात्रुहरू आत्तिएर बाहिर निस्किएका थिए। सावधानी अपनाउँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चन्द्रगिरी नगरपालिकाको दमकल, पानी ट्यांकर,प्रहरी र स्थानीयको सहयोगबाट आगो नियन्त्रणमा लिएको हो।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर