Lucky-Khabar_

बाराको सिमरा महोत्सवमा आयोजकले अटेर गरेपछि डीएसपी वाइबाले काटिदिइन् माइकको लाइन

४ जेठ, काठमाडौं । बाराको सिमरा महोत्सवमा आयोजकले अटेर गरेपछि डीएसपी वाइबाले माइकको लाइन काटिदिइन् | बारामा जारी जितपुर-सिमरा व्यापार तथा सांस्कृतिक महोत्सव तोकिएको समयभन्दा ढिलासम्म सञ्चालन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

रातको समयमा शान्ति सुरक्षामा चुनौती हुने भन्दै प्रहरीले रातिको महोत्सव बन्द गराएको हो । प्रशासनले बिहान १० देखि साँझ ६ बजेसम्म अनुमति दिए पनि आयोजकले राति ९ बजेसम्म टिकट बेचेका थिए ।

content ad p2

आयोजकले अटेरी गरेर शनिबार रातिसम्म महोत्सव सञ्चालन गरेपछि डीएसपी शुभद्रा वाइबा आफैं स्टेजमा पुगेर महोत्सवको सांस्कृतिक कार्यक्रम रोकिदिइन् ।

भोजपुरी गायक सुनील पण्डित आफ्नो प्रस्तुति दिइरहेकै बेला डिएसपी वाइबाले स्टेजमा चढेर माइक नियन्त्रणमा लिइन् र माइकको लाइन पनि झिकिदिइन् ।


अनुमति पाएको समयभन्दा धेरै पछि (रातिमा) टिकट बिक्री भइरहेकोले महोत्सवको कार्यक्रम रोकेको डीएसपी वाइबाले बताइन् ।

डीएसपी वाइबाको भनाइ अनुसार आयोजकले भने १  घण्टा थप अनुमति मागेर साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालन गरेको दाबी गरेका छन् । तर, ९ बजेपछि पनि टिकट बिक्री रोकिएको थिएन, जसले भिडभाड र झगडाको सम्भावना बढेपछि रोकिएको छ ।

सम्बन्धित खबर

प्रेस काउन्सिललाई स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक अगाडि बढ्यो

लक्की खबर

भ्रष्टाचार मुद्दामा माधव नेपाललाई वारेस राख्न विशेष अदालतको अनुमति

लक्की खबर

इनम प्रकरण : पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवमाथि अनुसन्धानको सुई

लक्की खबर